नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिष्ट्रार पदका लागि आवेदन खुलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। विश्वविद्यालयको सिफारिस समितिले १४ कात्तिकमा स्वीकृत गरेको कार्यविधि अनुसार, योग्य उम्मेदवारले दुवै पदका लागि आवेदन दिन सक्नेछन्।
उपकुलपतिका लागि आवेदन दिने उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ। उम्मेदवार कुनै विश्वविद्यालयमा प्राध्यापक पदमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनु आवश्यक छ।
यस पदका लागि उम्मेदवारले शैक्षिक वा प्राज्ञिक उन्नयनका क्षेत्रमा नेतृत्व क्षमता, व्यवस्थापन कौशल र अनुसन्धान परियोजना सफलतापूर्वक सम्पन्न गरेको अनुभव देखाउन सक्नुपर्छ। साथै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक प्रकाशन गरेको अनुभव पनि अनिवार्य छ। आवेदन दिने दिनसम्म उम्मेदवारको उमेर ३५–६१ वर्षको बीचमा हुनु पर्छ र उनी तत्कालअघि कुनै राजनीतिक दलको सदस्य हुनु हुँदैन।
रजिष्ट्रार पदका लागि भने कम्तीमा स्नातकोत्तर उपाधि आवश्यक छ। उम्मेदवारसँग उच्च शिक्षा क्षेत्रमा प्राध्यापन, प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनमा अनुभव वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्छ। यस पदमा पनि व्यवस्थापन, प्रशासन र शैक्षिक उन्नयनमा उत्कृष्ट क्षमता देखाउन सक्नु अनिवार्य छ। रजिष्ट्रार पदका उम्मेदवारको उमेर पनि ३५–६१ वर्षको बीचमा हुनु पर्नेछ र उम्मेदवार कुनै राजनीतिक दलको सदस्य रहनु हुदैन्। विश्वविद्यालयले योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
