नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ केन्द्रीय कार्यकारिणी समिति गठनका लागि आगामी माघ महिनामा निर्वाचन हुने भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदान दुई चरणमा— काठमाडौं उपत्यका बाहिर र भित्र— गरी सञ्चालन हुने छ।
निर्वाचन समितिका प्रमुख अधिकृत डा. प्रणयरत्न शाक्यको नेतृत्वमा तयार कार्यतालिका अनुसार, उपत्यकाबाहिर माघ २ र ३ गते, उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुनेछ।
मतदान समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।
निर्वाचन समितिको संरचना
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न डा। प्रणयरत्न शाक्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ।
समितिमा डा.विवेक राजभण्डारी, डा. अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृत रहेका छन्।
समितिले आवश्यक परे थप निर्वाचन अधिकृत नियुक्त गर्न सक्ने अधिकार पाएको छ।
मतदाता नामावली र मनोनयन तालिका
निर्वाचन समितिले मतदाताको पहिलो नामावली मंसिर २५ गते सार्वजनिक गर्ने निर्णय गरेको छ।
त्यसपछि उम्मेदवारको मनोनयन दर्ता पुस २ गते गरिनेछ।
नामावली प्रकाशित भएपछि उम्मेदवार मनोनयन, दावी–विरोध, अन्तिम नामावली प्रकाशन र प्रचार–प्रसारका कार्यक्रम क्रमिक रूपमा अघि बढ्नेछन्।
१९ सदस्यीय कार्यकारिणी र ६० सदस्यीय परिषद्
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार संघको विधानअनुसार केन्द्रीय कार्यकारिणी समितिका १९ जना र परिषद्का ६० सदस्यका लागि निर्वाचन हुनेछ। उहाँका अनुसार संघको विधान र परम्पराअनुसार निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन गराउन निर्वाचन समितिलाई पूर्ण अधिकार दिइएको छ।
नेपाल चिकित्सक संघ देशभरका चिकित्सकहरूको साझा संगठन हो, जसले स्वास्थ्य नीति, चिकित्सकको पेशागत अधिकार र सेवाको गुणस्तरमा भूमिका खेल्दै आएको छ। नयाँ नेतृत्वले संघको नीतिगत दिशा, स्वास्थ्य प्रणालीमा चिकित्सकको भूमिकालाई सुदृढ बनाउने तथा पेशागत एकतालाई थप सशक्त पार्ने अपेक्षा गरिएको छ।


सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
