नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व एक स्वास्थ्य दिवसको अवसरमा डब्लुएचओ दक्षिण–पूर्व एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले सबैलाई मानव, जनावर र वातावरणको स्वास्थ्यका लागि एकजुट हुन आह्वान गरेकी छन्।
उनका अनुसार विश्वमा हाल नयाँ सङ्क्रामक रोगहरूको तीव्र वृद्धि, औषधिप्रतिको प्रतिरोध, र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पर्ने असर बढ्दो क्रममा छ। यी सबै चुनौतीहरू एक–आपसमा जोडिएका छन् र मानव, जनावर तथा वनस्पतिको स्वास्थ्यसँगै वातावरणीय सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्छन्।
डा. बोएमेलेका अनुसार, 'रोग नियन्त्रणमा अब बहु–क्षेत्रीय र समन्वित दृष्टिकोण आवश्यक छ। रोकथामदेखि पहिचान, तयारी, प्रतिक्रिया र व्यवस्थापनसम्म सबै पक्षबीच सहकार्य हुनुपर्छ। कुनै पनि देश वा संस्था एक्लै यस चुनौतीको सामना गर्न सक्दैन।'
हालै विश्व स्वास्थ्य सभाले स्वीकृत गरेको महामारी सम्झौता एक ऐतिहासिक उपलब्धि भएको उनले बताइन्। उक्त सम्झौताले एक स्वास्थ्यलाई महामारी रोकथाम र तयारीको मुख्य आधारका रूपमा स्थापित गरेको छ। साथै, महामारी कोषमार्फत सबै राष्ट्रहरूका लागि समान अवसर र दीगो लगानी सुनिश्चित गर्न सकिने बताइयो।
एक स्वास्थ्य चौतर्फी गठबन्धन — विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, विश्व जनावर स्वास्थ्य संगठन र संयुक्त राष्ट्र वातावरण कार्यक्रम — ले सन् २०२२ देखि २०२६ सम्म कार्यान्वयनका लागि संयुक्त योजना तयार पारेको छ। यो योजना अहिले संयुक्त राष्ट्र वातावरण कार्यक्रमको एशिया–प्रशान्त क्षेत्रीय कार्यालयमार्फत अगाडि बढाइएको छ।
दक्षिण–पूर्व एशियाली देशहरूले पनि एक स्वास्थ्यलाई व्यवहारमा उतार्दै छन्। बङ्गलादेशले २०१२ मै एक स्वास्थ्य सचिवालय स्थापना गरी रणनीतिक रूपरेखा तयार गरेको छ। भुटान र टिमोर लेस्टेले अन्तरमन्त्रालयीय संयन्त्र स्थापना गरेका छन्। भारतले राष्ट्रिय एक स्वास्थ्य संस्था गठन गरी अनुसन्धानलाई प्राथमिकता दिएको छ। म्यान्मारले २०१९ को रणनीतिक योजना परिमार्जन गर्दैछ।
नेपालले एक स्वास्थ्य रणनीति पारित गरी सचिवालय गठन गरेको छ भने श्रीलंकाले मन्त्रालयहरूबीच समन्वय बलियो बनाउँदैछ। दुबै देशले महामारी कोषमार्फत कार्यक्रम सञ्चालन गरिरहेका छन्। थाइल्यान्डमा उच्चस्तरीय दुई समिति गठन गरी जनावरबाट सर्ने रोग र औषधिप्रतिको प्रतिरोध नियन्त्रणमा कार्य भइरहेको छ।
डा. बोएमेले सदस्य राष्ट्रहरूलाई आग्रह गर्दै भनिन्, 'राष्ट्रिय तथा स्थानीय तहमा एक स्वास्थ्य शासनलाई संस्थागत बनाऔँ, बहु–क्षेत्रीय सहकार्यका उपकरण प्रयोग गरौँ र महामारी कोषजस्ता स्रोत उपयोग गरी कार्य योजना कार्यान्वयन गरौँ।'
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
