नेपाल हेल्थ न्युज, बागलुङ । धौलागिरी प्रादेशिक अस्पतालमा मिर्गौला डायलाइसिस सेवा सुरु भएपछि यहाँका बिरामीहरूलाई ठूलो सहजता भएको छ। नियमित डायलाइसिस गराउँदै आएका टेकनाथ शर्माले अब जिल्लामै उपचार सुविधा उपलब्ध भएपछि खर्च र समय दुवै बचत भएको बताउनुभयो।
'पहिले म पोखरा पुग्थें, धेरै खर्च र समय लाग्थ्यो। अहिले आफ्नै जिल्लामा उपचार पाउँदा धेरै सजिलो भएको छ,' शर्माले भन्नुभयो, 'अस्पतालले दिएको निःशुल्क डायलाइसिस सेवाले हामीजस्ता बिरामीलाई ठूलो राहत मिलेको छ।'
अस्पतालका अनुसार हाल करिब ६० जना बिरामीले नियमित रूपमा डायलाइसिस सेवा लिइरहेका छन्। जनशक्ति र पूर्वाधार थप गर्न सकिएमा अझ बढी बिरामीलाई सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार डायलाइसिसका लागि प्रतीक्षा सूचीमा हाल पनि करिब २६ जना बिरामी छन्। गत वर्ष मात्रै विस्तार गरिएको यो सेवा सुरुवातमा दुई वटा मेशिनबाट चलाइए पनि अहिले ११ वटा मेशिन सञ्चालनमा छन्।
डा. तिवारीका अनुसार, 'गत वर्षसम्म प्रतीक्षामा कोही थिएन, तर हाल बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। उपकरण र स्थानको अभावका कारण सबैलाई एकैपटक सेवा दिन कठिन भइरहेको छ।'
अस्पतालमा अहिले आठ जना स्वास्थ्यकर्मीले चार चरणमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएका छन्। मिर्गौला रोग विशेषज्ञ नहुँदा तालिम प्राप्त स्टाफ नर्सको सहयोगमा उपचार भइरहेको र आवश्यक पर्दा जनरल फिजिसियनले सहयोग पुर्याउने गरिएको अस्पतालले जनाएको छ। मिर्गौला रोगी बढ्दै जाँदा अस्पतालले थप संरचना, उपकरण र विशेषज्ञ जनशक्तिको आवश्यकता औंल्याएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
