नेपाल हेल्थ न्युज, काठमाडौं । तनहुँ जिल्लामा मलेरियाको दोस्रो संक्रमण पत्ता लागेको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा यो रोग पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार संक्रमित व्यक्ति शान्ति सेनामा कार्यरत भई हालै स्वदेश फर्किएका हुन्। फर्किएपछि स्वास्थ्य परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको र उपचारपछि अहिले उनी पूर्ण स्वस्थ रहेको जानकारी उहाँले दिनुभयो।
संक्रमण पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा र रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा सक्रिय खोज तथा निगरानी कार्यक्रम सञ्चालन गरेको पनि कँडेलले बताउनुभयो।
यसअघि गत साउन महिनामा बन्दीपुरका एक पुरुषमा पहिलोपटक मलेरियाको संक्रमण पत्ता लागेको थियो। मलेरिया एनाफिलिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसका लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, अत्यधिक थकान महसुस हुनु र धेरै पसिना आउनु प्रमुख हुन्। समयमै उपचार नगरे घातक हुन सक्ने भएकाले सचेत रहन चिकित्सकहरूले आग्रह गर्नुभएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
