नेपाल हेल्थ न्युज, काठमाडौं । तनहुँ जिल्लामा मलेरियाको दोस्रो संक्रमण पत्ता लागेको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा यो रोग पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार संक्रमित व्यक्ति शान्ति सेनामा कार्यरत भई हालै स्वदेश फर्किएका हुन्। फर्किएपछि स्वास्थ्य परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको र उपचारपछि अहिले उनी पूर्ण स्वस्थ रहेको जानकारी उहाँले दिनुभयो।
संक्रमण पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा र रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा सक्रिय खोज तथा निगरानी कार्यक्रम सञ्चालन गरेको पनि कँडेलले बताउनुभयो।
यसअघि गत साउन महिनामा बन्दीपुरका एक पुरुषमा पहिलोपटक मलेरियाको संक्रमण पत्ता लागेको थियो। मलेरिया एनाफिलिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसका लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, अत्यधिक थकान महसुस हुनु र धेरै पसिना आउनु प्रमुख हुन्। समयमै उपचार नगरे घातक हुन सक्ने भएकाले सचेत रहन चिकित्सकहरूले आग्रह गर्नुभएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
