नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले राजधानीका विभिन्न अस्पतालका क्यान्टिनहरूमा गरेको खाद्य स्वच्छता अनुगमनमा सरसफाइ सम्बन्धी गम्भीर लापरबाही भेटिएको छ। सोही क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनलाई सात दिनका लागि बन्द गरिएको छ।
हेल्दी बाइट्स सर्भिसेज प्रा.लि.द्वारा सञ्चालित उक्त क्यान्टिनमा म्याद गुज्रिएका खाद्य वस्तु, लेबलरहित सामग्री, अव्यवस्थित रूपमा प्रयोग गरिएका खाद्य रङ, अस्वच्छ वातावरण र कमजोर पेस्ट कन्ट्रोल प्रणाली भेटिएको अनुगमन टोलीले जनाएको छ।
साथै, व्यवसाय दर्ता समेत नगरेको पाइएकाले क्यान्टिन सञ्चालकलाई सात दिनभित्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो। टोलीको उपस्थितिमा म्याद गुज्रिएका पाँच प्याकेट दूध पनि नष्ट गरिएको थियो।
यस्तै मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबल नभएका खाद्य सामग्री, खुला डस्टबिन, र पानी परीक्षणमा केही सुधार आवश्यक रहेको पाइयो। टोलीले सो क्यान्टिनलाई पेस्ट कन्ट्रोल सुधार गर्ने, लेबलयुक्त प्रशोधित वस्तु मात्र प्रयोग गर्ने, स्वीकृत उद्योगका उत्पादनहरू प्रयोग गर्ने र आगो सुरक्षाका उपकरण जडान गर्न निर्देशन दिएको छ।
हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रङ्गको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त वस्तुको मात्र बिक्री र आगो सुरक्षासम्बन्धी उपकरण थप मजबुत बनाउन सिफारिस गरिएको छ।
महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीका अस्पताल, होटल, रेस्टुरेन्ट र क्यान्टिनहरूमा स्वच्छ, सुरक्षित र जिम्मेवार खाद्य सेवा सुनिश्चित गर्न नियमित अनुगमन गर्दै आएको जनाएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
