नेपाल हेल्थ न्युज, काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्सिङ विभागकी प्रमुख तथा सह–प्राध्यापक डा. इन्दिरा अधिकारी पौडेल नियुक्त हुनुभएको छ ।
प्रतिष्ठान ऐन–२०७६ अनुसार गरिएको सो नियुक्तिबाट उहाँले औपचारिक रूपमा डिनको जिम्मेवारी सम्हाल्नुभएको हो।
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) हाँसिल गर्नुभएकी डा. पौडेल मातृ तथा बाल स्वास्थ्य क्षेत्रमा विशेषज्ञ हुनुहुन्छ। उहाँ विगत लामो समयदेखि नर्सिङ शिक्षा, अनुसन्धान र नीति विकासमा सक्रिय हुनुहुन्छ ।
नर्सिङ सेवामा २० वर्षभन्दा बढीको अनुभव राख्ने उहाँले १७ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आउनुभएको छ । साढे तीन वर्षदेखि नर्सिङ विभागको विभागीय प्रमुखको रूपमा रहँदै उहाँले स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम विकास र शैक्षिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँको नियुक्तिलाई प्रतिष्ठानका शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीहरूले नर्सिङ शिक्षाको सुदृढीकरणतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
