नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी अब डा. मदनकुमार उपाध्यायले सम्हाल्ने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. उपाध्यायलाई उक्त पदको कार्यभार दिने निर्णय गरेकी हुन्, मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसअघि सो महाशाखाको नेतृत्व गरिरहेका डा. विवेककुमार लाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि निर्देशकको पद खाली भएको थियो।
आयोगले डा. लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नयाँ निर्देशक डा. उपाध्याय यसअघि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

