नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेज, जोरपाटी (अत्तरखेल) की मेट्रोन नविना सिंह सहित सम्पूर्ण नर्सिङ इन्चार्ज र वरिष्ठ नर्सहरू नेपालका आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरूप्रति ऐक्यबद्धता जनाउँदै आज नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालय, लाजिम्पाटमा उपस्थित भए। कार्यक्रमका क्रममा मेट्रोन सिंहले नर्सहरूको मनोबल उच्च राख्ने उद्देश्यले भावनात्मक सम्बोधन गर्नुभयो।
उहाँले भन्नुभयो, 'नर्सहरू कुनैपनि संस्थाको मेरुदण्ड हुन्। उनीहरूको आवाज सुन्नु र न्याय दिनु सबैको कर्तव्य हो।' सामान्यतया नर्सिङ प्रशासकहरू अस्पताल प्रशासनको पक्षपोषण गर्ने भनाइबीच, नविना सिंहले आफैंलाई एक 'उदाहरणीय नर्सिङ प्रशासक' का रूपमा प्रस्तुत गर्नुभयो।
उहाँले थप भन्नुभयो, -'म सधैं नर्सहरूको पक्षमा उभिन्छु। उनीहरूका हक र अधिकार सुनिश्चित नहुन्जेल हाम्रो आवाज थामिने छैन।' उहाँले जानकारी दिनुभयो कि भोलिदेखि नेपाल मेडिकल कलेजमा नर्सहरूको आन्दोलन आफ्नै अस्पताल परिसरमै सञ्चालन हुनेछ, र सो आन्दोलनमा सम्पूर्ण नर्सहरूको सक्रिय सहभागिता रहनेछ। उहाँले अन्त्यमा भन्नुभयो, 'यो संघर्ष कुनै व्यक्तिगत मुद्दा होइन — यो सम्पूर्ण नर्स समुदायको सम्मान र पहिचानको लडाइँ हो।'
सम्बोधनको अन्त्यमा मेट्रोन सिंहले सम्पूर्ण निजी अस्पताल तथा मेडिकल कलेजका वरिष्ठ नर्सहरू र मेट्रोनहरूलाई अग्रपंक्तिमा उभिन आह्वान गर्दै भन्नुभयो, 'अब नर्सहरूका हक अधिकार सुनिश्चित गर्न सबै मेट्रोन र वरिष्ठ नर्सहरू एकै स्वरमा बोल्नुपर्छ। अहिले नभने कहिले बोल्ने ? हामीले नगरे कसले गर्ने?'
उहाँले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको परिपत्र अनुसार न्यूनतम तलब, तहगत सेवा–सुविधा र पेशागत सम्मान अनिवार्य रूपमा लागू गर्न आग्रह समेत गनुभयो ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
