नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघका आजीवन सदस्य स्वर्गीय डा. बिलोक मिश्रको असामयिक निधन भएको छ। मिति २०४९ साल फागुन २७ गते जन्मिएका डा. मिश्रको २०८२ साल कार्तिक २० गते निधन भएको हो।
डा. मिश्रको असामयिक निधनले सम्पूर्ण चिकित्सक समुदाय शोकमग्न बनेको छ। नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै इमानदार, लगनशील र समर्पित युवा चिकित्सकलाई अकालमै गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गरेको छ।
संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। डा. मिश्र चिकित्सकीय पेशामा आफ्नो इमानदारी, सेवा भावना र पेशाप्रतिको निष्ठाका कारण सहकर्मी र बिरामीबीच अत्यन्त सम्मानित व्यक्तित्व मानिन्थे।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

