नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूका लागि आवश्यक औषधि र सामग्री सिंहदरबार वैद्यखानाबाट लिने निर्णय गरेको छ।
यसका लागि महानगरको स्वास्थ्य विभाग र सिंहदरबार वैद्यखानाबीच सम्झौता भइसकेको छ। सम्झौता अनुसार, कामपाले माग गर्ने औषधि वैद्यखानाले लागत मूल्यमै उपलब्ध गराउनेछ।
महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार, अबका दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरण अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीले अहिले महानगरले सञ्चालन गरिरहेका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि निर्धारण गरेका औषधि वैद्यखानाबाट प्राप्त गर्ने तयारी भएको बताउनुभयो।
यसअघि पनि महानगरले नेपाल औषधि लिमिटेडसँग यस्तै प्रकारको सहकार्य गरिसकेको छ। सम्झौताअनुसार वैद्यखानाले कम्तीमा ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि माग प्राप्त भएको सात दिनभित्र उपलब्ध गराउने व्यवस्था छ।
उक्त औषधिहरू महानगरका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क वितरण गरिनेछ। वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले औषधिको गुणस्तरमा कुनै सम्झौता नगरी माग अनुसार आपूर्ति गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
