नेपाल हेल्थ न्युज, बागलुङ । पछिल्लो केही हप्तायता बागलुङ जिल्लामा डेङ्गी संक्रमण तीव्र गतिमा फैलिएको छ। हालसम्म जिल्लाभर ५३२ जनामा डेङ्गीको संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
कार्यालयका अनुसार बरेङ गाउँपालिका बाहेक सबै स्थानीय तहमा संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा बढी २९५ जना बागलुङ नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा एक जना रहेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार, दसैँ–तिहार पछिको समयमा संक्रमणको दर तीव्र बनेको हो। उहाँका अनुसार, 'वर्षा याममा त्यति धेरै संक्रमण देखिएको थिएन, तर अहिले संक्रमण दर बढ्दो क्रममा छ।'
संक्रमण बढेसँगै जिल्लाका सबै पालिकामा डेङ्गी परीक्षणको व्यवस्था गरिएको जनाइएको छ। बागलुङको धौलागिरि अस्पताल, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा स्वास्थ्य केन्द्रमा उपचार सुविधा उपलब्ध गराइएको छ।
गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलका अनुसार, डेङ्गीबाट जोगिन सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। उहाँले घर वरिपरि पानी जम्मा हुने ठाउँ — जस्तै पुराना टायर, ड्रम, भाँडा–कुँडा वा खाल्डाखुल्डी— सफा राख्न र लामखुट्टे प्रजननस्थल नष्ट गर्न आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
