नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक प्रसाद बाराकोटीले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत वर्ग) डा. टंक प्रसाद बाराकोटीले दिएको राजीनामा आज स्वीकृत गरिएको हो।
डा. बाराकोटीले भनेका थिए, 'स्वास्थ्य र पारिवारिक कारण राजीनामा दिएको छु। मन्त्रिपरिषद्को स्वीकृत कुरिरहेको छु।'
गत फागुनमा विभागको नेतृत्व सम्हालेका उनले झण्डै ९ महिना महानिर्देशकका रूपमा सेवा दिएका थिए। उनीभन्दा अघि उक्त पदमा रहेका डा. विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा भएपछि विभाग प्रमुखको पद रिक्त भएको थियो। त्यसपछि मन्त्रालयले डा. बाराकोटीलाई सो पदमा पठाएको थियो।
२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालहरूमा सेवा प्रदान गर्दै बिताएका थिए।
तेह्रथुममा जन्मिएका र बाल्यकाल झापामा बिताएका डा. बाराकोटीले ल्याब टेक्निसियनबाट सुरु भएको आफ्नो यात्रा मेहनत र इमान्दारिताको प्रतिफलका रूपमा महानिर्देशकसम्म पुर्याएको बताउँदै आएका छन्। उनले चिकित्सा अध्ययन संस्थान (न्याम्स) बाट बालरोगमा एमडी गरेका हुन् र मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका रूपमा लामो समय काम गरेका थिए।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
