नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक प्रसाद बाराकोटीले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत वर्ग) डा. टंक प्रसाद बाराकोटीले दिएको राजीनामा आज स्वीकृत गरिएको हो।
डा. बाराकोटीले भनेका थिए, 'स्वास्थ्य र पारिवारिक कारण राजीनामा दिएको छु। मन्त्रिपरिषद्को स्वीकृत कुरिरहेको छु।'
गत फागुनमा विभागको नेतृत्व सम्हालेका उनले झण्डै ९ महिना महानिर्देशकका रूपमा सेवा दिएका थिए। उनीभन्दा अघि उक्त पदमा रहेका डा. विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा भएपछि विभाग प्रमुखको पद रिक्त भएको थियो। त्यसपछि मन्त्रालयले डा. बाराकोटीलाई सो पदमा पठाएको थियो।
२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालहरूमा सेवा प्रदान गर्दै बिताएका थिए।
तेह्रथुममा जन्मिएका र बाल्यकाल झापामा बिताएका डा. बाराकोटीले ल्याब टेक्निसियनबाट सुरु भएको आफ्नो यात्रा मेहनत र इमान्दारिताको प्रतिफलका रूपमा महानिर्देशकसम्म पुर्याएको बताउँदै आएका छन्। उनले चिकित्सा अध्ययन संस्थान (न्याम्स) बाट बालरोगमा एमडी गरेका हुन् र मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका रूपमा लामो समय काम गरेका थिए।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
