नेपाल हेल्थ न्युज, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग 'उज्यालो नेपाल पार्टी' ले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरी निर्वाचन आयोगमा नयाँ विवरण पेस गरेको छ।
५१ सदस्यीय केन्द्रीय समितिको सूचीमा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरू समावेश छन्। विशेषगरी इञ्जिनियर र चिकित्सक वर्गको उल्लेख्य उपस्थिति देखिएको छ।
पार्टीको नेतृत्व पूर्व ऊर्जा सचिव तथा इञ्जिनियर अनुपकुमार उपाध्यायले लिएका छन्। त्यस्तै, सदस्यहरूको सूचीमा शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाहीलगायत इञ्जिनियर रहेका छन्।
चिकित्सा क्षेत्रबाट डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. राजु थापा, डा. विशाल भण्डारी र डा. आशुतोष विजय पन्त सदस्य बनेका छन्।
त्यस्तै, कलाकार तथा सञ्चारकर्मी रिमा विश्वकर्माको नाम पनि समितिमा समावेश छ। यसअघि साउन महिनामा घिसिङले जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उज्यालो नेपाल पार्टी को चुनाव चिह्न ‘चिम’ निर्धारण गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पार्टीले पदाधिकारी अद्यावधिकसम्बन्धी निवेदन आयोगमा दर्ता गराइसकेको छ।
हेर्नुहोस् केन्द्रीय समितिको सूची
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
