नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित प्रशासकीय कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चर सहित प्रशासकीय कर्मचारीहरु माग गरेको हो ।
जारी सूचना अनुसार क्यास काउन्टर इन्चार्ज, स्टोर इन्चार्ज तथा मार्केटिङ अफिसर समेत माग गरिएको छ । माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले इमेलमा आफ्नो ब्यक्तिगत विवरणहरु पठाउनु पर्नेछ ।
सम्बन्धित विषयहरुमा विशेषज्ञता हासिल गरेका तथा अनुभव हासिल गरेकालाई प्राथमकितामा राखेर अन्तरवार्ताका लागि बोलाइने जनाइएको छ ।
कलेजले आफ्नो स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउनका लागि थप जनशक्तिहरु माग गरेको छ । कार्डियोलोजी, अंकोलोजी सहित अत्याधुनिक नयाँ एमआरआई सञ्चालन गर्ने तयारीमा रहेको कलेजले दक्ष जनशक्ति माग गरेको बताएको छ ।
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले नेपाल मेडिकल कलेज लिएसँगै यहाँका स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा दिनानूदिन सुधारहरु भइरहेको छ । भने, अत्याधुनिक चिकित्सकीय उपकरण र दक्ष स्वास्थ्यकर्मी भएकोले बिरामीको चाप पनि बढिरहेको छ ।
थप सूचना हेर्नुहोस्

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
