नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित प्रशासकीय कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चर सहित प्रशासकीय कर्मचारीहरु माग गरेको हो ।
जारी सूचना अनुसार क्यास काउन्टर इन्चार्ज, स्टोर इन्चार्ज तथा मार्केटिङ अफिसर समेत माग गरिएको छ । माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले इमेलमा आफ्नो ब्यक्तिगत विवरणहरु पठाउनु पर्नेछ ।
सम्बन्धित विषयहरुमा विशेषज्ञता हासिल गरेका तथा अनुभव हासिल गरेकालाई प्राथमकितामा राखेर अन्तरवार्ताका लागि बोलाइने जनाइएको छ ।
कलेजले आफ्नो स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउनका लागि थप जनशक्तिहरु माग गरेको छ । कार्डियोलोजी, अंकोलोजी सहित अत्याधुनिक नयाँ एमआरआई सञ्चालन गर्ने तयारीमा रहेको कलेजले दक्ष जनशक्ति माग गरेको बताएको छ ।
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले नेपाल मेडिकल कलेज लिएसँगै यहाँका स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा दिनानूदिन सुधारहरु भइरहेको छ । भने, अत्याधुनिक चिकित्सकीय उपकरण र दक्ष स्वास्थ्यकर्मी भएकोले बिरामीको चाप पनि बढिरहेको छ ।
थप सूचना हेर्नुहोस्

जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
