नेपाल हेल्थ न्युज, भैरहवा । भिम अस्पताल भैरहवाको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) पदमा डा. वर्षा थापा नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ११औं तहमा कार्यरत डा. थापालाई भिम अस्पतालको मेसुको जिम्मेवारी प्रदान गरेको हो।
डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभाग प्रमुखका रूपमा उत्कृष्ट सेवा दिँदै आउनुभएको छ। प्रदेश मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले यससँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको छ।
डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाकी मेसुका रूपमा नियुक्त हुनुभएको थियो। काज फिर्ता भएपछि उहाँ पुनः लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आफ्नो पदमा रहनुहुनेछ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
