नेपाल हेल्थ न्युज, भैरहवा । भिम अस्पताल भैरहवाको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) पदमा डा. वर्षा थापा नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ११औं तहमा कार्यरत डा. थापालाई भिम अस्पतालको मेसुको जिम्मेवारी प्रदान गरेको हो।
डा. थापा लुम्बिनी प्रादेशिक अस्पतालको डेन्टल विभाग प्रमुखका रूपमा उत्कृष्ट सेवा दिँदै आउनुभएको छ। प्रदेश मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले यससँगै तत्कालीन मेसु डा. शकुन्तला गुप्ताको काज फिर्ता गर्ने निर्णय पनि गरेको छ।
डा. गुप्ता २०८१ साल जेठ महिनामा भिम अस्पताल भैरहवाकी मेसुका रूपमा नियुक्त हुनुभएको थियो। काज फिर्ता भएपछि उहाँ पुनः लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आफ्नो पदमा रहनुहुनेछ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

