नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालमा अब श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगका भाइरसको एकै पटक परीक्षण गर्न सकिने भएको छ। अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालाबाट यो सेवा सुरु गरिएको विभाग प्रमुख डा. निलम ठाकुरले जानकारी दिनुभयो।
डा. ठाकुरका अनुसार पहिले फरक–फरक रोगका भाइरस अलग(अलग समयमा परीक्षण गर्नुपर्ने भएकाले खर्च र समय दुबै बढी लाग्थ्यो। अहिले भने एउटै परीक्षणबाट कुन भाइरसका कारण रोग लागेको हो भन्ने छिट्टै पत्ता लाग्ने भएको छ।
उहाँले भन्नुभयो-
'अब बिरामीलाई बारम्बार परीक्षण गर्नुपर्ने हुँदैन, खर्च पनि घट्नेछ र उपचारको निर्णय तुरुन्त लिन सकिन्छ।'
त्यस्तै, उक्त प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी ६ प्रकारका भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको छ। साथै फोक्सोबाहेक शरीरका अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण त्यहीँ गरिन्छ।
वि.सं. २०७३ मा स्थापना भएको आनुवंशिक रोग पहिचान तथा उपचार प्रयोगशाला हाल जनशक्ति र उपकरण अभावका कारण नियमित रूपमा सञ्चालन हुन सकेको छैन। डा. ठाकुरका अनुसार हाल प्रयोगशालामा २५ प्रकारका आनुवंशिक रोगका भाइरसहरूको परीक्षण क्रमशः पालोअनुसार सञ्चालन भइरहेको छ।
स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी हेरफेर: को कहाँ ?
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३

