नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन्जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको औपचारिक वर्गीकरण प्रक्रिया अघि बढाउने भएको छ। मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले ‘जेन्जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२’ लागू गर्दै वर्गीकरण कार्य सुरु गर्ने तयारी गरेको हो।
मन्त्रालयका अनुसार वर्गीकरण कार्य सहज र व्यवस्थित बनाउनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजनमा आठ सदस्यीय जिल्ला स्तरीय समिति गठन गरिनेछ। उक्त समितिले जिल्लाभित्र घाइतेहरूको विवरण संकलन र वर्गीकरणमा सहजीकरण गर्ने जिम्मेवारी पाउनेछ।
यसैबीच, गृह मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयहरूलाई वर्गीकरण कार्य छिटो पूरा गरी स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन जारी गरिसकेको छ।
स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालयका अधिकारीहरूलाई यो प्रक्रियामा आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
