नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका केही युवाले आगामी निर्वाचनमा मतदान गर्न आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालबाटै दिएका छन् ।
निर्वाचन आयोगका अनुसार, ती युवाहरू आफ्नो जिल्ला जान नसक्ने अवस्थामा रहेकाले आयोगले ट्रमा सेन्टरमै मोबाइल उपकरणमार्फत बायोमेट्रिक विवरण संकलन गरेको हो।
अस्पतालमा बायोमेट्रिक प्रक्रिया सञ्चालनका क्रममा अर्थमन्त्री रामेश्वर खनालको पनि उपस्थित रहेको थियो। उहाँले भन्नुभयो, नागरिकको मतदान अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको छ।
घाइते युवाहरूले आयोगको प्रयासप्रति आभार व्यक्त गर्दै, कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

