नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्वसम्पदा क्षेत्र पशुपतिनाथमा मंसिर २ गते मनाइने बाला चतुर्दशी पर्वका लागि तयारी तीव्र बनेको छ। पशुपति क्षेत्र विकास कोषले बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत कामको विभाजन गर्दै सरोकारवाला निकायसँग समन्वय पूरा गरेको छ।
दिवङ्गत पितृको स्मरणमा मंगलबार रातभर दीप प्रज्वलन र बुधबार शतबीज छर्ने व्यवस्था मिलाइएका छन्। कोषले मन्दिर क्षेत्रका चारै ढोका तथा बाहिरी परिसरमा पर्याप्त बत्ती राख्ने तयारी गरेको छ। बत्ती बाल्न र जाग्राम बस्न आवश्यक पाल तथा स्थान निःशुल्क उपलब्ध गराइने र कसैले शुल्क लिन नपाउने निर्देशन जारी गरिएको छ।
शतबीज छर्नका लागि ढुंगा–पीच गरिएको तथा संरक्षित स्थानमा नछर्न आग्रह गरिएको छ। पर्वका दिन मादक पदार्थ बिक्री–उपभोग पूर्ण रूपमा निषेध गरिएको छ।
सुरक्षा र सेवाका लागि प्रहरी, एम्बुलेन्ससहित स्वास्थ्य शिविर, खानेपानी, नुहाउने सुविधा, विशेष दूरसञ्चार सेवा र शतबीज मार्गमा पर्याप्त प्रकाशको व्यवस्था मिलाइने कोषले जनाएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
