नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्वसम्पदा क्षेत्र पशुपतिनाथमा मंसिर २ गते मनाइने बाला चतुर्दशी पर्वका लागि तयारी तीव्र बनेको छ। पशुपति क्षेत्र विकास कोषले बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत कामको विभाजन गर्दै सरोकारवाला निकायसँग समन्वय पूरा गरेको छ।
दिवङ्गत पितृको स्मरणमा मंगलबार रातभर दीप प्रज्वलन र बुधबार शतबीज छर्ने व्यवस्था मिलाइएका छन्। कोषले मन्दिर क्षेत्रका चारै ढोका तथा बाहिरी परिसरमा पर्याप्त बत्ती राख्ने तयारी गरेको छ। बत्ती बाल्न र जाग्राम बस्न आवश्यक पाल तथा स्थान निःशुल्क उपलब्ध गराइने र कसैले शुल्क लिन नपाउने निर्देशन जारी गरिएको छ।
शतबीज छर्नका लागि ढुंगा–पीच गरिएको तथा संरक्षित स्थानमा नछर्न आग्रह गरिएको छ। पर्वका दिन मादक पदार्थ बिक्री–उपभोग पूर्ण रूपमा निषेध गरिएको छ।
सुरक्षा र सेवाका लागि प्रहरी, एम्बुलेन्ससहित स्वास्थ्य शिविर, खानेपानी, नुहाउने सुविधा, विशेष दूरसञ्चार सेवा र शतबीज मार्गमा पर्याप्त प्रकाशको व्यवस्था मिलाइने कोषले जनाएको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
