नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका वरिष्ठ प्रत्यारोपण तथा अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बेलायतस्थित प्रतिष्ठित रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गबाट विशेष सम्मान प्राप्त गर्नुभएको छ। कलेजले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँलाई (एमआरसीएस) उपाधिबाट सम्मानित गरिएको हो।
बेलायतमा प्रत्यारोपण शल्यक्रियासम्बन्धी उच्चस्तरको प्रशिक्षण पूरा गरेर नेपाल फर्किएका डा. श्रेष्ठले मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवालाई गुणस्तरीय र विश्वस्तरमा उकास्न दिएको योगदानका आधारमा उक्त मान्यता प्रदान गरिएको बताइएको छ। उपाधि कलेजकी अध्यक्ष डा. क्लेयर म्याकनटले हस्तान्तरण गर्नुभएको थियो।
डा. श्रेष्ठले सन् २००० मा एडिनबर्गमै प्रत्यारोपण प्रशिक्षण सुरु गर्नुभएको थियो। उहाँले सोही कलेजबाट एमआरसीएसको सदस्यता प्राप्त गर्नुभएको थियो र फ्रिम्यान अस्पतालसहित बेलायतका विभिन्न स्वास्थ्य संस्थाहरूमा थप विशेषज्ञता हासिल गर्नुभएको थियो।
नेपाल फर्किएपछि उहाँले वीर अस्पतालमार्फत मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गर्नुभएको थियो। साथै सन् २०१२ मा स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्व उहाँले १२ वर्षभन्दा बढी समय सम्हाल्नुभयो। उहाँको नेतृत्वमा केन्द्रले प्रत्यारोपण सेवा विस्तार, उपचार पहुँच वृद्धी तथा कलेजो प्रत्यारोपण सुरु गर्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको मानिन्छ।
करीब दुई महिना अघि सरकारी सेवाबाट अवकाश लिनुभएका डा. श्रेष्ठले भविष्यमा गैरनाफामूलक संस्था स्थापना गरेर प्रत्यारोपण सेवालाई अझ सर्वसाधारणमैत्री र प्रभावकारी बनाउन योगदान गर्ने योजनाबारे जानकारी दिनुभएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
