नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुर अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मी करार सेवामा भर्ना गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। अस्पतालले एम.डी., एम.बि.बि.एस, स्नातक तथा प्रमाणपत्र तहका विभिन्न स्वास्थ्य र सहायक कर्मचारी पदमा करार आधारमा दरखास्त आह्वान गरेको छ।
विज्ञापन अनुसार, मेडिकल जनरलिष्ट(नवौं), फरेन्सिक मेडिसिन अधिकृत(नवौं), जनरल फिजिसियन(नवौं), चिकित्सक अधिकृत(नवौं) , एनेस्थेसियोलोजिष्ट(नवौं), अब्स–गाइनोकोलोजिष्ट(नवौं), साइक्याट्री अधिकृत(आठौं), मेडिकल अधिकृत(आठौं), अडियोलोजिष्ट(सातौँ ), रेडियोग्राफी टेक्नोलोजिष्ट(सातौँ ), स्टाफ नर्स सहायक(पाचौं) र रेडियोग्राफर सहायक(पाचौं) पदमा करार सेवाका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ।
उमेर सीमा अधिकृत तहको लागि २९–३५ वर्ष (स्वास्थ्य सेवामा ४५ वर्ष) र सहायक तहको लागि १८–३५ वर्ष (महिलाको हकमा ४० वर्ष) तोकिएको छ। आवेदनसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, सम्बन्धित काउन्सिलमा दर्ता प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, कार्यअनुभव र तालिम प्रमाणपत्र तथा राजस्व भौचर संलग्न गर्नुपर्नेछ।
आवेदन दस्तुर अधिकृत तहका लागि रु. २०००/, सातौँ र आठौँ तहका लागि रु. १२००/ र सहायक तहका लागि रु. ७००/ तोकिएको छ। आवेदन अस्पतालको प्रशासन शाखामा कार्यालय समयमा बुझाउन सकिनेछ। दरखास्त फारम अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिने वा प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ। तलब तथा भत्ताको व्यवस्था सम्बन्धित पद अनुसार अस्पताल वा प्रदेश सरकारको बजेटबाट प्रदान गरिनेछ। लिखित परीक्षा र अन्तरवार्ता मिति पछि अस्पतालको वेबसाइट र सूचना पाटीमा प्रकाशित गरिनेछ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
