नेपाल हेल्थ न्युज, काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ३२ जना स्वास्थ्यकर्मी भर्ना गर्न आवेदन आह्वान गरेको छ।
अस्पतालले सोमबार जारी गरेको सूचनाअनुसार छैटौँ देखि दशौँ तहसम्मका चिकित्सक तथा स्वास्थ्यकर्मी पदहरू भर्ना गर्न लागिएको हो। माग गरिएका पदहरूमा अप्थाल्मोलोजी कन्सल्टेन्ट, नवौं तहका कार्डियोलोजी चिकित्सक, ग्यास्ट्रोइन्टेरोलोजी सिनियर रजिष्टार, हेपाटोलोजी, मेडिकल अनकोलोजी, सीटीभीएस सर्जरी, रेडियोलोजी रजिष्टार, फ्यामिली मेडिसिन तथा इमर्जेन्सी रजिष्टार (२ जना) र डाइटिसियन अधिकृत सहितका ३२ जना स्वास्थ्यकर्मी माग गरेको हो।
इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र दरखास्त आवश्यक कागजात पेश गर्नुपर्नेछ। दरखास्त शुल्क तोकिएको श्रेणीअनुसार एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म रहने अस्पतालले जनाएको छ।

घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
