नेपाल हेल्थ न्युज, काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ३२ जना स्वास्थ्यकर्मी भर्ना गर्न आवेदन आह्वान गरेको छ।
अस्पतालले सोमबार जारी गरेको सूचनाअनुसार छैटौँ देखि दशौँ तहसम्मका चिकित्सक तथा स्वास्थ्यकर्मी पदहरू भर्ना गर्न लागिएको हो। माग गरिएका पदहरूमा अप्थाल्मोलोजी कन्सल्टेन्ट, नवौं तहका कार्डियोलोजी चिकित्सक, ग्यास्ट्रोइन्टेरोलोजी सिनियर रजिष्टार, हेपाटोलोजी, मेडिकल अनकोलोजी, सीटीभीएस सर्जरी, रेडियोलोजी रजिष्टार, फ्यामिली मेडिसिन तथा इमर्जेन्सी रजिष्टार (२ जना) र डाइटिसियन अधिकृत सहितका ३२ जना स्वास्थ्यकर्मी माग गरेको हो।
इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र दरखास्त आवश्यक कागजात पेश गर्नुपर्नेछ। दरखास्त शुल्क तोकिएको श्रेणीअनुसार एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म रहने अस्पतालले जनाएको छ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
