नेपाल हेल्थ न्युज, काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०० शय्याको नयाँ विशेषज्ञ अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। बागमती प्रदेश सरकारी संरचनाअन्तर्गत रहेको प्रतिष्ठानले सेवा र भौतिक पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित नयाँ भवन निर्माण गरिरहेको हो।
उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार निर्माण कार्य लगभग पूरा भइसकेको छ र करिब एक महिनाभित्र नयाँ अस्पताल भवन संस्थालाई हस्तान्तरण गरिनेछ। उहाँका अनुसार, भवन सञ्चालनमा आएपछि यस आर्थिक वर्षभित्रै विभिन्न उच्चस्तरीय स्वास्थ्य सेवाहरू थप गरिने योजना छ।
नयाँ केन्द्रमा उन्नत ल्याब सेवा, कार्डियाक क्याथ ल्याब, मिर्गौला (नेफ्रो) सेवा, हाड–जोर्नी सम्बन्धी विशेषज्ञ उपचारलगायतका सुविधा सुरु गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।
हाल संस्थाले ३ सय १३ शय्याका साथ सेवा प्रदान गर्दै आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि प्रतिष्ठानको कुल क्षमता ५१३ शय्यामा बढ्ने छ। अहिले दैनिक करिब १ हजार ५०० बिरामी उपचारका लागि आउने गरेको तथ्यांक प्रतिष्ठानले जनाएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

