नेपाल हेल्थ न्युज, काठमाडौं । सर्वोच्च अदालतमा महाअधिवक्ता कार्यालयले अवैध डिम्ब कारोबारमा संलग्न व्यक्तिहरूलाई मुद्दा नचलाउने निर्णय गरेको विषयमा रिट दायर भएको छ। रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा पहिलो सुनुवाइका लागि पेशी तोकिएको छ। रिट निवेदन अधिवक्ता उपेन्द्र राउतले दायर गरेका हुन्।
रिटमा दाबी गरिएको छ कि महान्यायाधिवक्ता सविता भण्डारी र उनका नातेदारलाई जोगाउने उद्देश्यले कार्यालयले गरेको निर्णय कानुनविपरीत रहेको छ।
बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकका सञ्चालकहरूले आर्थिक प्रलोभनमा परेका विपन्न किशोरीहरूको डिम्ब झिकेर बिक्री गर्ने गरेको आरोप लागेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २६ असारदेखि घटनाको अनुसन्धान सुरु गरेको थियो।
सीआईबीले अनुसन्धानपछि डा. स्वस्ति शर्मा, डा. मलिनी चौधरी, डा. असीम अधिकारी, डा. प्रत्यूषा बराल, अलिसा ओली र जस्टिना प्रधानलाई संलग्नता आधारमा पक्राउ गरेको थियो। त्यसमध्ये होप फर्टिलिटी क्लिनिकका सञ्चालक डा. स्वस्ति शर्मा, डा. प्रत्यूषा बराल र डा. असीम अधिकारी, तथा एन्जल फर्टिलिटी क्लिनिकका सञ्चालक डा. मलिनी चौधरी थिए।
पक्राउ परेका अन्यमध्ये अलिसा होप क्लिनिककी म्यानेजर, सकिल एन्जल क्लिनिकका म्यानेजर हुन् भने जस्टिना र सबिना किशोरी उपलब्ध गराउने बिचौलिया हुन्।
पक्राउ परेका व्यक्तिहरूले प्रत्येक किशोरीबाट डिम्ब लिएर १० हजार रुपैयाँ दिने गर्थे, तर ग्राहकबाट २० लाखसम्म रकम लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
२५ दिनको अनुसन्धानपछि सीआईबीले बालबालिका संरक्षण ऐन, २०७५ को दफा ६६ (२) को ‘थ’ अनुसार मुद्दा चलाउने सिफारिस गर्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। तर, महान्यायाधिवक्ताको निर्देशनमा ३० असोजमा मुद्दा नचलाउने निर्णय भएको थियो।
रिटमा माग गरिएको छ कि विवादित निर्णय अन्तरिम आदेशद्वारा रद्द गरी आरोपीहरूविरुद्ध मुद्दा चलाउन अदालतले आदेश देओस्। महान्यायाधिवक्ता भण्डारीले मुद्दा नचलाउन आफूले कुनै दबाब नदिएको दाबी गरेकी छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
