नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल प्रहरीले इटहरीमा प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई नियन्त्रणमा लिएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले छानबिन गरेको थियो।
५० वर्षीय नसिव नारायण चौधरीलाई पक्राउ गरी निजको घर कोठा समेत कानुन बमोजिम खानतलासी गर्ने क्रममा निजको श्रीमती वर्ष २४ की सम्झना चौधरीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरू चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० (एक हजार नौ सय असी) पत्तामा १९८०० (उन्नाई हजार आठ सय) क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० (चार सय) पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला हुँदा निजहरूलाई दुवै जनालाई उक्त लागु औषध र प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
