नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल प्रहरीले इटहरीमा प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई नियन्त्रणमा लिएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले छानबिन गरेको थियो।
५० वर्षीय नसिव नारायण चौधरीलाई पक्राउ गरी निजको घर कोठा समेत कानुन बमोजिम खानतलासी गर्ने क्रममा निजको श्रीमती वर्ष २४ की सम्झना चौधरीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरू चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० (एक हजार नौ सय असी) पत्तामा १९८०० (उन्नाई हजार आठ सय) क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० (चार सय) पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला हुँदा निजहरूलाई दुवै जनालाई उक्त लागु औषध र प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
