नेपाल हेल्थ न्युज, मंसिर । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको अवकाशपछि पद रिक्त थियो। डा. कल्पना कुमारी श्रेष्ठ यस प्रत्यारोपण केन्द्रकी सबैभन्दा वरिष्ठ चिकित्सक मानिनुहुन्छ।
बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने पनि निर्णय गरेको छ।
सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। साथै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट २.१ मिलियन अमेरिकी डलर थप अनुदानको रूपमा स्वीकृत गरिएको छ।
त्यस्तै, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचना सम्बन्धी अध्ययन र सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय पनि भएको छ।
अन्त्यमा, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी पर्यटकका लागि पदयात्रा अनुमति शुल्क प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने गरी अध्यागमन नियमावलीमा परिवर्तन गर्ने निर्णय गरिएको मन्त्री खरेलले बैठकपछिको संक्षिप्त जानकारीमा बताउनुभयो।ff
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
