नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगले सार्वजनिक सम्पत्तिमा हानी पु¥याएको तथा अनियमितता गरेको आरोपसहित शिक्षा विकास तथा समन्वय इकाइका पूर्व–इन्जिनियर सुनेशकुमार चौरसिया, सब–इन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई पनि प्रतिवादी बनाएको छ।
स्वास्थ्य कार्यालय बाजुराले हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि करिब २६ लाख १५ हजार २०६ रुपैयाँभन्दा बढीको बजेट उपभोक्ता समितिमार्फत खर्च गरेको थियो। तर सो संरचना निर्माण मापदण्डअनुसार नबन्दा सेवा सञ्चालनयोग्य नभएको र फर्जी कागजात पेश गरी भुक्तानी लिएर अनियमितता गरिएको आयोगले जनाएको छ।
हाल भवन प्रयोगविहीन बनेर जीर्ण अवस्थासम्म पुगेपछि सार्वजनिक धनको हिनामिना भएको भन्दै आयोगले प्रतिवादीहरूमाथि जनही करिब १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
