नेपाल हेल्थ न्युज, भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको वार्षिक मूल्याङ्कनमा भक्तपुर अस्पताल यस वर्ष पनि प्रदेशकै उत्कृष्ट अस्पतालका रूपमा चयन भएको छ। प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक/वैकल्पिक स्वास्थ्य संस्थाको समग्र मूल्याङ्कनपछि उक्त घोषणा गरिएको हो।
मन्त्रालयका अनुसार प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालले सबैभन्दा उच्च अङ्क प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। कुल १०० अङ्कमध्ये ७१.१० अङ्क बटुलेको अस्पताललाई उत्कृष्ट घोषित गरिएको मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो।
डा. गौतम स्वयं यसै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी सम्हालेपछि सेवा विस्तारमा भएको निरन्तर सुधारले अस्पताललाई ‘रिफरल सेन्टर’ बाट ‘मोडेल अस्पताल’ का रूपमा अघि बढाएको उल्लेख गरिएको छ।
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार गत वर्षझैँ यस वर्ष पनि अस्पतालले उत्कृष्टता कायम राख्न सफल भएको छ र केन्द्रस्तरीय मूल्याङ्कनमा पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास जारी छ। एक सय अङ्कमध्ये ७०.७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल हुँदा चौतारा अस्पताल तेस्रो भएको छ ।
त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७०. ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७०.६४ अङ्क प्राप्त गरी तेस्रो भएको छ । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवातर्फ सिन्धुली ७२.६० अङ्क प्राप्त गर्दै यस वर्षको उत्कृष्ट इकाइ घोषित भएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
