नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त दुई पदमा नयाँ सदस्यहरूको नियुक्ति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई काउन्सिल सदस्यमा चयन गर्नुभएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. बुढाथोकी डेन्टल समूहको प्रतिनिधिका रूपमा काउन्सिलमा प्रवेश गर्नुभएको छ। त्यस्तै, वीर अस्पतालमा कार्यरत डा. झा मेडिकल समूहबाट सदस्यका रूपमा सदस्य तोकिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काउन्सिलका लागि एक सदस्यको नियुक्ति भने अझै बाँकी रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
