नेपाल हेल्थ न्युज, काठमाडौं । दोलखा मेलुङ गाउँपालिका–७का ४३ वर्षीय डा. अरुण कार्कीको मकालु बेस क्याम्प क्षेत्र नजिकै निधन भएको छ।
डा. कार्की मंसिर १ गते मकालु बेस क्याम्प भ्रमणका जानुभएको थियो। उच्च हिमाली क्षेत्रतर्फ पुगेपछि अचानक स्वास्थ्य समस्या देखिएपछि उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले डा. कार्कीको मृत्यु भएको पुष्टि गरेको छ। घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको थियो।
उद्धार टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत कार्कीको शव संखुवासभाबाट काठमाडौं पठाएको थियो। पोस्टमार्टमका लागि शव भक्तपुरको केएमसी अस्पताल दुवाकोट लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
