नेपाल हेल्थ न्युज, काठमाडौं । दोलखा मेलुङ गाउँपालिका–७का ४३ वर्षीय डा. अरुण कार्कीको मकालु बेस क्याम्प क्षेत्र नजिकै निधन भएको छ।
डा. कार्की मंसिर १ गते मकालु बेस क्याम्प भ्रमणका जानुभएको थियो। उच्च हिमाली क्षेत्रतर्फ पुगेपछि अचानक स्वास्थ्य समस्या देखिएपछि उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले डा. कार्कीको मृत्यु भएको पुष्टि गरेको छ। घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको थियो।
उद्धार टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत कार्कीको शव संखुवासभाबाट काठमाडौं पठाएको थियो। पोस्टमार्टमका लागि शव भक्तपुरको केएमसी अस्पताल दुवाकोट लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
