नेपाल हेल्थ न्युज, म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा रहेको प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा अहिले ठप्प भएको छ।
अस्पतालका अनुसार, हरेक वर्ष करिब १२०–१५० जना महिलाले शल्यक्रियामार्फत प्रसूति सेवा लिँदै आएका थिए। तर, कात्तिक महिनामा एकमात्र विशेषज्ञ चिकित्सकले राजीनामा दिएपछि अहिले गर्भवती महिलाहरूले सेवा लिन बागलुङ वा पोखरा जानुपर्ने अवस्था सिर्जना भएको छ।
अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले आफ्नी श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको अनुभव सुनाउँदै भन्नुभयो, ‘विशेषज्ञ चिकित्सक नहुँदा उपचार सम्भव नभएको भन्दै हामीलाई अन्यत्र पठाउन बाध्य पारियो। यसले समय र आर्थिक दुवै भार बढाएको छ।
बेनी अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाका अनुसार, प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको अभावको बारेमा जानकारी गराइए पनि हालसम्म नयाँ विशेषज्ञ आउनुभएको छैन।
शल्यक्रियामार्फत प्रसूति सेवा २०७१ सालदेखि ‘निक साइमन इस्टिच्युट’को सहयोगमा सुरु भएको थियो र दाताको कार्यक्रम सकिएपछि प्रदेश सरकारले निरन्तरता दिँदै आएको थियो। अहिले जनशक्तिको अभावका कारण हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द छन्।
यस्तै, गत भदौदेखि गण्डकी प्रदेशका अस्पतालहरूको व्यवस्थापन समिति नेतृत्वविहीन छ, जसले अस्पताल सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
