नेपाल हेल्थ न्युज, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग पुर्याउन स्थापना गरिएको हेल्पडेस्कमा १० जनासम्म स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। उनीहरूलाई चार महिना अवधि लिएर मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था हुनेछ।
शिक्षामन्त्री महावीर पुनका अनुसार, बैठकले नेपाल प्रहरीको वर्तमान स्वीकृत दरबन्दीभित्रै केही कार्यालयका पद समायोजन, दरबन्दीमा आवश्यक थप–घट तथा संगठन तथा व्यवस्थापन अध्ययन गर्ने अनुमति पनि प्रदान गरेको छ।
यस्तै, सरकारको बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।
यसैबीच, भैरहवास्थित विशेष आर्थिक क्षेत्र सम्बन्धी २०७१ सालमा जारी गरिएको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै, त्यहाँ तोकिएको प्रति वर्गमिटर भाडादर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि बैठकले गरेको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
