नेपाल हेल्थ न्युज, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग पुर्याउन स्थापना गरिएको हेल्पडेस्कमा १० जनासम्म स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। उनीहरूलाई चार महिना अवधि लिएर मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था हुनेछ।
शिक्षामन्त्री महावीर पुनका अनुसार, बैठकले नेपाल प्रहरीको वर्तमान स्वीकृत दरबन्दीभित्रै केही कार्यालयका पद समायोजन, दरबन्दीमा आवश्यक थप–घट तथा संगठन तथा व्यवस्थापन अध्ययन गर्ने अनुमति पनि प्रदान गरेको छ।
यस्तै, सरकारको बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।
यसैबीच, भैरहवास्थित विशेष आर्थिक क्षेत्र सम्बन्धी २०७१ सालमा जारी गरिएको सञ्चालन मापदण्ड तथा कार्यविधि खारेज गर्दै, त्यहाँ तोकिएको प्रति वर्गमिटर भाडादर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि बैठकले गरेको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
