नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष (युनाइट टु एण्ड डिजिटल भायोलेन्स अगेंस्ट अल वीमेन एन्ड गर्ल्स) भन्ने नाराका साथ मनाइँदैछ भने नेपालले ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने नारा अघि सारेको छ।
जोखिममा परेका तथा हिंसा पीडित महिलाको पुनर्स्थापना, संरक्षण र सशक्तीकरणलाई संविधानले सुनिश्चित गरेअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति–२०८० (जेंडर इक्वालिटी एण्ड सोसल इन्क्लुजन स्ट्राटेजी–२०८०) कार्यान्वयनमा ल्याएको छ, जसले सीमान्तकृत नागरिकलाई मूलधारमा ल्याउन सहयोग गर्ने विश्वास लिइएको छ।
महिलामाथि हुने हिंसा, विशेषगरी सीमान्तकृत समुदायमा बढी देखिने भएकाले मन्त्रालयले देशभर ९७ अस्पतलमा एकद्वार संकट व्यवस्थापन केन्द्र ‘वान स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (ओ.सि.ए.म.सि) स्थापना गरी वार्षिक करिब १४ हजार पीडितलाई उपचार, संरक्षण, न्याय तथा पुनर्स्थापनाको सेवा प्रदान गर्दै आएको छ, साथै हेल्पलाइन (हेल्प–लाइन) सेवा, सुरक्षित आवास गृह र पुनर्स्थापना केन्द्रमार्फत पनि सहयोग उपलब्ध गराइँदै आएको छ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल (सोसल मिडिया) तथा अन्य डिजिटल माध्यमको दुरुपयोगबाट हुने डिजिटल हिंसा बढ्दो क्रममा देखिएकोले प्रविधिको सुरक्षित प्रयोगबारे जनचेतना अत्यावश्यक रहेको मन्त्रालयले जनाएको छ।
लैङ्गिक हिंसा नियन्त्रण राज्यको मात्र प्रयासले सम्भव नभएकाले राज्य संयन्त्र, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, गैर–सरकारी संस्था (एन.जि.ओ), विकास साझेदार तथा बौद्धिक समुदाय सबैले शून्य सहनशीलता (जीरो टोलेरेन्स) अपनाएर सभ्य र सुरक्षित समाज निर्माणमा योगदान दिनु आवश्यक छ भन्ने आह्वान गरिएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

