नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको नयाँ भवन तीन वर्ष बित्दा पनि अझै निर्माणाधीन छ।
२०७९ माघ ६ गते संघीय सरकारको विशेष अनुदानमा एक वर्षमा सम्पन्न गर्ने योजना सहित निर्माण सुरु गरिएको भवन अहिले ढलान र पर्खालको काम मात्रै सकिएको छ। नगरपालिकाका इन्जिनियर सोबिन घर्तीका अनुसार, दुई पटक थप म्याद दिइसकिएको भए पनि काम अझै अधुरो रहेको छ।
‘एक वर्षमा सकिने भवन तीन वर्षसम्म बनिसकेको छैन। प्लाष्टरको काम अझै बाँकी छ र तिहार यता कामदारहरू पनि भवनमा देखिएका छैनन्,’ घर्तीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विकल्पमा छलफल भइरहेको छ। नगरपालिकाले निर्माण व्यवसायीको धरौटी जफत गरेर पनि काम सम्पन्न गराउने योजना बनाएको छ।’
ठेक्का सम्झौताअनुसार डिएनप्रसाद जेभीले १ करोड ८२ लाख रुपैयाँमा निर्माण कार्य गर्ने जिम्मेवारी पाउनुभएको थियो। निर्माण व्यवसायीले कामदार कम परिचालन गर्नु र सम्पर्कविहीन हुनु जस्ता कारणले गर्दा समयमै भवन पूरा हुन सकेको छैन।
स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माले हाल सानो भवनबाट सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ भवन निर्माण भएपछि गुणस्तरीय सेवा प्रवाहमा सहजता हुने छ।
जनताको सहयोगबाट संकलित २१ लाख रुपैयाँमा जग्गा खरिद गरेर सुरु गरिएको भवन निर्माणमा अझै प्लाष्टर, विद्युतीकरण, झ्याल–ढोका, र रङ रोगनको काम बाँकी रहेको छ।
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३
वी.पी. कोइराला क्यान्सर अस्पतालको अध्यक्षका लागि आवेदन खुला
मंगलबार, वैशाख १५, २०८३

