नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व मन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालमा अघि बढाइएका दीर्घकालीन स्वास्थ्य सुधार सम्बन्धी गतिविधि समेटिएको ‘प्रगति विवरण’ हालकी स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमलाई हस्तान्तरण गर्नुभएको छ। मन्त्रालयमै तयार पारिएको उक्त पुस्तक बुझाउँदै उहाँले सुरु गरिएका सुधार कार्यक्रम मन्त्रालयकै सम्पत्ति भएकाले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो।
मन्त्री डा. शर्माले पौडेलको कार्यकालमा थालिएका उल्लेख्य सुधार, सुरु भएका योजना तथा बाँकी रहेका कार्यहरू मन्त्रालयले निरन्तर अगाडि बढाइरहेको बताउनुभयो। आफ्नो कार्यकाल ठूलो नभए पनि तीन प्रमुख नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार मन्त्रालयले हाल स्वास्थ्य सामग्री खरिद प्रणाली सुधार, औषधिको मूल्य तथा गुणवत्ता नियमन, र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा सक्रिय रूपमा काम गरिरहेको छ। सरकार जनजीवन केन्द्रित म्यान्डेट लिएर स्थापित भएकाले यी विषयलाई शीर्ष प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
क्लिनिकल सेवाको पक्षमा पनि मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने तीन क्षेत्र पहिचान गरेको बताउँदै मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई शीर्ष सूचीमा राखिएको उल्लेख गनुभयो। विदेश जाने तथा विदेशमै रहेका श्रमिकलाई आवश्यक स्वास्थ्य परामर्श र सही जानकारी पहुँच हुने व्यवस्था बनाउन पहल भइरहेको उहाँको भनाइ थियो।
यस्तै लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मातृ–शिशु स्वास्थ्य सेवा सुधारलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो। पूर्व मन्त्री पौडेलले आफ्नो कार्यकालमा सुरु भएका र अझै बाँकी रहेका कामहरूको संक्षेप समेटेर पुस्तकसमेत सार्वजनिक गर्नुभएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
