नेपाल हेल्थ न्युज, बैतडी । पाटन नगरपालिका–८ खोड्पेमा निर्माण भएको ट्रमा सेन्टर अझै सञ्चालनमा आएको छैन। आवश्यक जनशक्ति र उपकरणको अभावका कारण भवन तयार भए पनि सेवा दिन सुरु हुन सकेको छैन।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार, सडक दुर्घटना र अन्य आपतकालीन अवस्थाबाट घाइते भएकालाई आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले ट्रमा सेन्टर निर्माण गरिएको हो।
तर ‘भवन त तयार भए पनि जनशक्ति र उपकरणको अभावले सञ्चालन सम्भव भएको छैन। नगरपालिका आफैंले यी व्यवस्थापन गर्न सक्ने अवस्था छैन, त्यसैले प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गर्दैछौँ,’ उहाँले बताउनुभयो।
स्थानीय तहको १० लाख र संघीय सरकारको ५० लाख गरी कुल ६० लाख रुपैयाँ खर्चेर २०७९ सालमा भवन निर्माण गरिएको थियो। हाल ट्रमा सेन्टरमा ‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ वटा ‘बेडसिट’ उपलब्ध छन्। खानेपानी र बिजुली एक वर्षअघि नै जडान भइसकेको छ। एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था भएमा सेन्टर सञ्चालनमा ल्याउन सकिने महराको भनाइ छ। रासस
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
