नेपाल हेल्थ न्युज, बैतडी । पाटन नगरपालिका–८ खोड्पेमा निर्माण भएको ट्रमा सेन्टर अझै सञ्चालनमा आएको छैन। आवश्यक जनशक्ति र उपकरणको अभावका कारण भवन तयार भए पनि सेवा दिन सुरु हुन सकेको छैन।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार, सडक दुर्घटना र अन्य आपतकालीन अवस्थाबाट घाइते भएकालाई आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले ट्रमा सेन्टर निर्माण गरिएको हो।
तर ‘भवन त तयार भए पनि जनशक्ति र उपकरणको अभावले सञ्चालन सम्भव भएको छैन। नगरपालिका आफैंले यी व्यवस्थापन गर्न सक्ने अवस्था छैन, त्यसैले प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गर्दैछौँ,’ उहाँले बताउनुभयो।
स्थानीय तहको १० लाख र संघीय सरकारको ५० लाख गरी कुल ६० लाख रुपैयाँ खर्चेर २०७९ सालमा भवन निर्माण गरिएको थियो। हाल ट्रमा सेन्टरमा ‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ वटा ‘बेडसिट’ उपलब्ध छन्। खानेपानी र बिजुली एक वर्षअघि नै जडान भइसकेको छ। एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था भएमा सेन्टर सञ्चालनमा ल्याउन सकिने महराको भनाइ छ। रासस
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
