नेपाल हेल्थ न्युज, चितवन । चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईका अनुसार, अस्पतालले शुक्रबार निवेदन गरेपछि चार जना आरोपीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन्। प्रहरी अनुसन्धान जारी रहेको छ।
बघौडा अस्पतालका नायब मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहले घटना मङ्सिर ११ गते राति १०ः१५ बजे अस्पताल परिसरभित्र भएको जानकारी दिनुभयो।
उहाँका अनुसार आक्रमणमा संलग्न युवाहरूले मादक पदार्थ सेवन गरेका थिए। आक्रमणका क्रममा डा. दीपेन्द्र विश्वास, डा. देवेन्द विश्वास, हे.अ अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक र स्वास्थ्यकर्मी घाउचोट हुने गरी कुटपिट भएर घाइते हुनुभएको छ ।
नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो। प्रहरी निरीक्षक राईले भन्नुभयो कि कुटपिटको मामिला सिधा अदालतमा मुद्दा चल्ने प्रकृया अनुसार अघि बढ्नेछ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
