नेपाल हेल्थ न्युज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत रहेर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दा अनियमितता भएको आरोपमा सात जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगका अनुसार गाउँपालिकाले विभिन्न स्वास्थ्य कार्यक्रमका लागि लिएको पेश्की रकम तोकिएको समयमै फर्छ्यौट नगरी आवश्यक कागजात र बिल भरपाई पेश नगरेको तथा सार्वजनिक रकम दुरुपयोग भएको ठहर भएपछि मुद्दा दायर गरिएको हो।
यो घटना आर्थिक वर्ष २०७५/७६, २०७७/७८ र २०७८/७९ का स्वास्थ्य कार्यक्रमसँग सम्बन्धित छ। मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू, रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्णप्रसाद तिमिल्सिना सहित तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल, लेखा कर्मचारी गिरिराज गौतम र तत्कालीन सिअहेव महेन्द्रप्रसाद यादव छन्।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दोषी ठहर योग्य देखिएको भन्दै ४६ लाख ७ हजार ३ सय रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

