नेपाल हेल्थ न्युज, चितवन । भक्तपुर अस्पतालले करार सेवाका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाअन्तर्गत २०८२ मंसिर २१ गते आइतबार लिखित परीक्षा सञ्चालन हुने जानकारी दिएको छ ।
२०८२/०७/२८ गतेको सूचनाअनुसार आवेदन दिएका उम्मेदवारका लागि स्टाफ नर्स (पाँचौँ) को परीक्षा बिहान ८ देखि ९ बजेसम्म तथा मेडिकल अधिकृत (आठौँ), अडियोलोजिस्ट (सातौँ), रेडियोग्राफर (पाँचौँ) र रेडियोग्राफी टेक्नोलोजिस्ट (सातौँ) पदहरूको परीक्षा बिहान १० देखि ११ बजेसम्म अस्पतालको प्रशासनिक ब्लकमा हुनेछ ।
परीक्षार्थीले परीक्षा सुरु हुनु एक घण्टा अगाडि अनिवार्य रूपमा उपस्थित हुनु पर्ने, प्रवेशपत्र त्यही समयमा प्रशासनिक शाखाबाट वितरण गरिने र प्रवेशपत्रबिना परीक्षा हलमा प्रवेश नपाइने अस्पतालले जनाएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगद्वारा स्वीकृत पाठ्यक्रममा आधारित बहुविकल्पीय (एम.सि.क्यू) प्रणालीमा परीक्षा लिइने तथा परीक्षा सुरु भएको १५ मिनेटपछि आउने उम्मेदवारलाई परीक्षामा सहभागी हुन नदिइने सूचना छनोट तथा सिफारिस समितिका संयोजक डा. सुरेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

