नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमलाई नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो माग र समस्या सम्बन्धी ध्यानाकर्षणपत्र बुझाएको छ। मन्त्रालयमै आयोजित कार्यक्रममा संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सो पत्र हस्तान्तरण गरेको हो।
ध्यानाकर्षणपत्र बुझाएपछि मन्त्री गौतमले औषधि व्यवसायी क्षेत्रसँग सम्बन्धित हाल देखिएका चुनौतीबारे आफू अवगत रहेको बताउँदै यथाशीघ्र समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयो।
उहाँले मन्त्रालयभित्र पनि यस विषयमा प्रारम्भिक छलफल सुरु भइसकेको जानकारी दिँदै, ‘अहिले उठाइएका मागहरू सहयोग र सहमतिमा समाधान गर्न हामी इच्छुक छौँ,’ भन्नुभयो।
संघले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा (५) को कार्यान्वयन स्थगन गर्न माग गर्दै ध्यानाकर्षणपत्र दिएको हो। साथै, व्यवसाय नवीकरण प्रक्रियालाई डिजिटल, पारदर्शी र द्रुतगतिमा सञ्चालन गर्न आवश्यक कानुनी तथा प्राविधिक संरचना तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
यसबाहेक, ऐनकै दफा ११ को उपदफा (३) अन्तर्गत दोब्बर दस्तुर तथा समयसीमासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न पनि संघले आग्रह गरेको छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

