नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका १५ वटा निकायको संगठन तथा व्यवस्थापन 'ओएन्डएम' अध्ययन सुरु गर्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक प्रारम्भिक स्वीकृति प्रदान गर्दै अध्ययन प्रक्रिया औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो।
यस निर्णयसँगै स्वास्थ्य क्षेत्रका संरचना, जनशक्ति व्यवस्थापन र संस्थागत सुधारका आवश्यकता पहिचान गर्न विस्तृत मूल्यांकन कार्य अघि बढ्नेछ।
अध्ययनका लागि स्वीकृत निकायहरूमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा अस्पताल, नारायणी अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र (बुढानीलकण्ठ), भरतपुरमा निर्माणाधीन ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र तथा राष्ट्रिय औषधि प्रयोगशाला समावेश छन्। सरकारको यो कदमलाई स्वास्थ्य संरचनाको समग्र व्यवस्थापन सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
