नेपाल हेल्थ न्युज, धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले वर्तमान सरकारको प्राथमिक उद्देश्य देशलाई भ्रष्टाचारमुक्त बनाउने रहेको बताउनुभएको छ।
मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने विषयमा गम्भीर रहेको उल्लेख गर्नुभयो।
मन्त्री गौतम प्रतिष्ठानको निरीक्षण तथा यहाँ हुने सिनेट बैठकको तयारीका लागि धरान आइपुग्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवाप्रवाह, व्यवस्थापन तथा जनताले भोगिरहेका समस्याबारे जानकारी लिएको बताउनुभयो।
उहाँका अनुसार, यसअघिको लुम्बिनी प्रदेशको अनुगमनपछि अब देशभरका संघीय अस्पतालहरूको वास्तविक अवस्था आफैँ पुगेर बुझ्ने योजना मन्त्रालयले अघि सारेको छ। ‘जनताले स्वास्थ्य सेवामा दुःख पाउन नपरोस् भन्ने हाम्रो चाहना हो, मन्त्री गौतमले भन्नुभयो।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

