नेपाल हेल्थ न्युज, कैलाली । बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ ।
गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारबाट अपेक्षित रकम नआएपछि निर्माण कार्य रोकिएको हो। निर्माण कम्पनीलाई करिब ३५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ भने भवनको भौतिक प्रगति अहिलेसम्म ७० प्रतिशत मात्र पुगेको छ।
अस्पताल नहुँदा सर्वसाधारणले सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्जसम्म धाउनुपर्ने अवस्था कायम छ। हरेक स्थानीय तहमा १० श्ययाको अस्पताल निर्माण गर्ने सरकारी योजनाअनुसार मोहन्यालमा काम सुरु गरिएको थियो।
यसैबीच, लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि पेचिलो अवस्थामा पुगेको छ। भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम बन्द गरेको र करिब दुई वर्षदेखि निर्माण रोकिएको स्थानीयले बताएका छन्। सम्बन्धित निकायले पुनः काम अघि बढाउन चासो नदेखाउँदा स्थानीय बासिन्दामा थप चिन्ता बढेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

