नेपाल हेल्थ न्युज, हेटौंडा । पछिल्ला दिनमा तापक्रम निरन्तर घटेपछि मकवानपुर तथा नजिकका क्षेत्रहरूमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्याका बिरामी तीव्र रूपमा बढिरहेका छन्।
चिसो र शीतलहरको प्रभावले गाउँ–सहरका स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्या उल्लेख्य रूपमा बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। हेटौंडा अस्पताल, चुरेहिल अस्पतालदेखि ग्रामीण स्वास्थ्यचौकीसम्म सबै ठाउँमा बिरामीको भीड बढिरहेको छ।
दुधे बालकदेखि उच्च उमेरका नागरिकसम्म चिसोका कारण निमोनिया, रुघाखोकी, ज्वरो तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगले प्रभावित भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। हेटौंडा अस्पतालका निमित्त निर्देशक डा. रामचन्द्र सापकोटाका अनुसार पछिल्लो समय दैनिक ५०–६० जना यस्ता लक्षण लिएर अस्पतालमा आउने गरेका छन्।
मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल लगायतका ग्रामीण क्षेत्रमा पनि यस्तै खालको बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जानकारी दिएका छन्।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
