नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेषज्ञ चिकित्सकका लागि विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ। काउन्सिलका अनुसार यो परीक्षामा झन्डै ७५ प्रतिशतभन्दा बढी परीक्षार्थी सफल भएका छन्।
काउन्सिलका प्रवक्ता तथा रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार २८ फरक–फरक विषयमा लिइएको परीक्षामा फाराम भरेका २०४ मध्ये २ जना अनुपस्थित रहेको बताइएको छ। उपस्थित २०२ मध्ये १५२ जनाले परीक्षा उत्तीर्ण गरेपछि कुल सफलता दर ७५.२५ प्रतिशत रहेको काउन्सिलले जनाएको छ।
यसपटक ५० जना यस्तो समूहमा परेका छन्, जसले चिकित्साशास्त्रको स्नातकोत्तर 'पी.जी' उत्तीर्ण गरिसके पनि विशेष लाइसेन्स परीक्षामा भने सफलता हासिल गर्न सकेनन्।
काउन्सिलले एमबीबीएस, बीडीएसलगायत स्नातक तहका चिकित्सक तथा विशेषज्ञ चिकित्सकका लागि नाम दर्ता ९लाइसेन्स० परीक्षा वर्षमा तीनपटक सञ्चालन गर्दै आएको छ। आगामी विशेष लाइसेन्स परीक्षा चैत १९ र २० गते हुने कार्यक्रम तय गरिएको काउन्सिलले जानकारी दिएको छ।
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३

