नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदैछ। यही दिन विश्व माटो दिवस पनि मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका अधिकांश देशले हरेक वर्ष यो अवसर मनाउने गर्दछन्।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको मुख्य उद्देश्य स्वयंसेवकहरूको योगदानको कदर गर्नु र सेवा, सहयोग तथा स्वयंसेवाको संस्कृतिलाई स्थानीयदेखि विश्वव्यापी तहसम्म प्रवर्धन गर्नु हो। सन् १९८५ मा राष्ट्रसङ्घीय महासभाले डिसेम्बर ५ लाई यस दिवसका रूपमा औपचारिक घोषणा गरेको थियो।
यस वर्ष पनि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा सदस्य राष्ट्रहरूले स्वयंसेवकलाई राष्ट्रिय विकास कार्यक्रममा समावेश गर्ने र स्थानीय अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।
महासचिव एन्टोनियो गुटरेसले आफ्नो सन्देशमा स्वयंसेवकहरूको योगदानको सराहना गर्दै भनेका छन् कि प्राकृतिक विपद्, द्वन्द्वग्रस्त क्षेत्र, गरिबी निवारण र अन्य चुनौतीपूर्ण क्षेत्रमा समय, ऊर्जा र सीप समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता विश्वभर प्रेरणाको स्रोत बनेको छ। सन् १६९ राष्ट्रमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसङ्घका स्वयंसेवक निरन्तर सक्रिय छन्।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

