नेपाल हेल्थ न्युज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ खाद्य सामग्रीलाई बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षणपछि उक्त उत्पादन न्यून गुणस्तरको रहेको पुष्टि भएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार गरिएको परीक्षणमा बी१–३ए र बी१–५ए ब्याच का पफमा आवश्यक मापदण्ड पूरा नगरेको विभागले पत्ता लगाएको हो।
जाँचका क्रममा ती ब्याचका पफमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अधिकतम २ प्रतिशत हुनुपर्नेमा सो भन्दा बढी फेला परेको विभागले जानकारी दिएको छ। गुणस्तरहीन रहेको ठहर भएपछि उक्त उत्पादनको बिक्री र वितरण नगर्न तथा नगराउन समेत विभागले निर्देशन दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
