नेपाल हेल्थ न्युज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ खाद्य सामग्रीलाई बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षणपछि उक्त उत्पादन न्यून गुणस्तरको रहेको पुष्टि भएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार गरिएको परीक्षणमा बी१–३ए र बी१–५ए ब्याच का पफमा आवश्यक मापदण्ड पूरा नगरेको विभागले पत्ता लगाएको हो।
जाँचका क्रममा ती ब्याचका पफमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अधिकतम २ प्रतिशत हुनुपर्नेमा सो भन्दा बढी फेला परेको विभागले जानकारी दिएको छ। गुणस्तरहीन रहेको ठहर भएपछि उक्त उत्पादनको बिक्री र वितरण नगर्न तथा नगराउन समेत विभागले निर्देशन दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमतीमा स्वास्थ्यका दुई अधिकारीको जिम्मेवारी हेरफेर
सोमबार, असार १५, २०८३
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
सोमबार, असार १५, २०८३
स्वास्थ्य बीमा बोर्डले ५०० औषधि र ३० प्रयोगशाला परीक्षणको शुल्क पुनः हेरफेर गर्ने
सोमबार, असार १५, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति छनोटका लागि उम्मेदवारको नामावली सार्वजनिक
सोमबार, असार १५, २०८३
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होम प्रसाद अधिकारी
आइतबार, असार १४, २०८३ट्रेन्डिङ
१
