नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरमा ७ वर्षीय बालकको नाकको शल्यक्रियापछि उपचारमा लापरबाही हुँदा बालकको दाहिने आँखाको ज्योति गुमेको खुलासा भएको छ।
इटहरी–१ का बालक जेनिश पाठकलाई ५ मंसिरमा नोबेल मेडिकल कलेजमा नाकभित्र पलाएको मासुको शल्यक्रिया गरिएको थियो। तर, अप्रेसनको क्रममा चिकित्सकले बीचमा अप्रेसन छोडेर अर्को बिरामी हेर्न गएका थिए, जसको कारण शल्यक्रियामा गम्भीर त्रुटि भएको पाइएको छ।
घटनापछि बालकका परिवारले मोरङ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरेको थियो। टोलीमा वीर अस्पतालका ईएनटी विभाग प्रमुख डा. अनिता जिसी (संयोजक), कोशी अस्पतालका डा. वरुण देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइँटेल सदस्य थिए।
छानबिनले देखाएको छ कि शल्यक्रिया डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा भइरहेको थियो। तर, अप्रेसन बीचमा छोडेर डा. श्रेष्ठ अर्को इमर्जेन्सी बिरामी हेर्न गएका थिए। बाँकी अप्रेसन सहायक टोलीले पूरा गरेको भए पनि चिकित्सकको यस्तो व्यवहारलाई गम्भीर लापरबाही मानिएको छ।
समितिका एक सदस्यले बताए अनुसार, डा. श्रेष्ठले अप्रेसन बीचमा छोडेको स्वीकार गरेका छन्। छानबिनले उचित क्षतिपूर्ति दिन र त्रुटिमा संलग्न चिकित्सकलाई कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
बालकको नाकमा समस्या देखिएपछि उनी ४ मंसिरमा परिवारले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए। शल्यक्रियापछि आँखामा समस्या देखिएपछि बालकलाई हतारहतार डिस्चार्ज गरिएको थियो। त्यसपछि उनलाई विराटनगर आँखा अस्पतालमा भर्ना गरिएको र दाहिने आँखाको भित्री भागमा क्षति भएका कारण ज्योति फिर्ता नहुने मेडिकल रिपोर्ट आएको थियो। स्वास्थ्य मन्त्रालयले छानबिन प्रतिवेदन एक–दुई दिनभित्र प्राप्त गर्ने तयारी गरेको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
