नेपाल हेल्थ न्युज, विराटनगर । विराटनगरमा ७ वर्षीय बालकको नाकको शल्यक्रियापछि उपचारमा लापरबाही हुँदा बालकको दाहिने आँखाको ज्योति गुमेको खुलासा भएको छ।
इटहरी–१ का बालक जेनिश पाठकलाई ५ मंसिरमा नोबेल मेडिकल कलेजमा नाकभित्र पलाएको मासुको शल्यक्रिया गरिएको थियो। तर, अप्रेसनको क्रममा चिकित्सकले बीचमा अप्रेसन छोडेर अर्को बिरामी हेर्न गएका थिए, जसको कारण शल्यक्रियामा गम्भीर त्रुटि भएको पाइएको छ।
घटनापछि बालकका परिवारले मोरङ जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरेको थियो। टोलीमा वीर अस्पतालका ईएनटी विभाग प्रमुख डा. अनिता जिसी (संयोजक), कोशी अस्पतालका डा. वरुण देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइँटेल सदस्य थिए।
छानबिनले देखाएको छ कि शल्यक्रिया डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा भइरहेको थियो। तर, अप्रेसन बीचमा छोडेर डा. श्रेष्ठ अर्को इमर्जेन्सी बिरामी हेर्न गएका थिए। बाँकी अप्रेसन सहायक टोलीले पूरा गरेको भए पनि चिकित्सकको यस्तो व्यवहारलाई गम्भीर लापरबाही मानिएको छ।
समितिका एक सदस्यले बताए अनुसार, डा. श्रेष्ठले अप्रेसन बीचमा छोडेको स्वीकार गरेका छन्। छानबिनले उचित क्षतिपूर्ति दिन र त्रुटिमा संलग्न चिकित्सकलाई कानुनी कारबाही गर्न सिफारिस गरेको छ।
बालकको नाकमा समस्या देखिएपछि उनी ४ मंसिरमा परिवारले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए। शल्यक्रियापछि आँखामा समस्या देखिएपछि बालकलाई हतारहतार डिस्चार्ज गरिएको थियो। त्यसपछि उनलाई विराटनगर आँखा अस्पतालमा भर्ना गरिएको र दाहिने आँखाको भित्री भागमा क्षति भएका कारण ज्योति फिर्ता नहुने मेडिकल रिपोर्ट आएको थियो। स्वास्थ्य मन्त्रालयले छानबिन प्रतिवेदन एक–दुई दिनभित्र प्राप्त गर्ने तयारी गरेको छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
