नेपाल हेल्थ न्युज, झापा । झापामा पछिल्ला तीन वर्षमा एचआइभी सङ्क्रमितको मृत्यु दर बढ्दै गएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासका अनुसार, आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०७९/८१ मा २३ जना र २०७१/८२ मा ३५ जनाको मृत्यु भएको छ।
उहाँले बताएअनुसार, उपचारमा आएका बिरामीहरूले औषधि नियमित लिने दर बढेको छ, तर मृत्यु दर भने अझै बढिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा झापामा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन्।
नयाँ सङ्क्रमितमध्ये चार जना दमक अस्पताल र १८ जना मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गर्दै आएका छन्। हालसम्म झापामा नयाँ तथा पुराना सङ्क्रमित गरी ८ सय ६ जनाले नियमित एआरटी सेवा लिइरहेका छन्।
जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेका छन्। स्वास्थ्य कार्यालय र लवकुश आश्रमद्वारा १८ वर्षमुनिका बालबालिकालाई प्रतिमहिना १ हजार रुपैयाँको दरले सहयोग प्रदान भइरहेको छ।
भद्रपुरस्थित नयाँ सचेतना समूहमार्फत सबै ३० बालबालिकाले एआरटी सेवा लिइरहेका छन्। आर्थिक वर्ष २०७९/८० मा झापामा ७० जना नयाँ र ६ सय ६३ जना पुराना, २०७८/८१ मा ७४ जना नयाँ र ७ सय ५० जना पुराना, र २०७१/८२ मा ५६ जना नयाँ र ७ सय ८४ जना पुराना सङ्क्रमित उपचाररत रहेका तथ्याङ्क उपलब्ध छ।
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३

